घरमै सुतिरहेका ६५ वर्षीय हजुरबुवा र ११ वर्षका नातिको हत्या

सर्वज्योति
  • ख-
  • ख+

रुपन्देही । पश्चिम नवलपरासीको सुस्ताको गाउँमा हजुरबुवा र नातीको हत्या भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षका गौचरण चमारको घरमा सुतिरहेकै अवस्थामा हत्या भएको हो ।

एकान्त स्थानमा रहेको कच्ची घरमा बस्दै आएका थिए ।

उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेशम बोहोराले जानकारी दिए ।

तालिमप्राप्त कुकुरसहित प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको उनले बताए । मृतक चमारका एक छोरा, बुहारी र तिन जना नातिनातिना थिए ।

छोरा कामका लागि भारत गएपछि डेढ महिना अगाडि बुहारी एक जना नातिलाई छाडेर दुई वटा बच्चा लिएर माइत गएको स्थानीयले बताएका छन् ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धानको काम भइरहेको छ ।
साभारः नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?