मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

४ फागुन, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरन्जीवी दाहालले जानकारी दिए ।

१० प ३९०९ को मोटरसाइकल चलाउँदै डकाहाबाट दुधौली तर्फ जाँदै थिए । उनलाई दुधौली नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतले चलाइरहेको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए ।

बेचु कुमरको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर थियो । उनलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि आज बिहान ६ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले जानकारी दिए ।
साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्