ट्याक्टर दुर्घटना हुदाँ शुक्लागण्डकीमा सोमबहादुरको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

४ फागनु । तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ कालिकोटको भित्री सडक खण्ड ट्याक्टर दुर्घटना हुदाँ सोमबहादुर परियारको मृत्यु भएको छ ।
गाछेपानीबाट चिसापानीतर्फ जादै गरेको ग १ त २५३२ नं.को ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानीका करिब २४ बर्षका सोम बहादुर परियारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी खाँणले जानकारी दिनुभएको छ ।।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्