आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना हुदाँ २२ बर्षिय सागर गुरुङको मृत्यु , ७ जना घाइते

सर्वज्योति
  • ख-
  • ख+

 

तनहुँ । बोलेरो जिप दुर्घटना हुदाँ आँबुखैरेनीमा १ जनाको मृत्यु हुनुका साथै ७ जना घाईते भएका छन् । ५ गते बेलुकी करिब ६ः १० बजेको समयमा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. २ नारीघाट स्थित पृथ्वी राजमार्गमा डुम्रे तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा १६ च ४९१८ नं. को बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटना पश्चात घाईतेहरुलाई स्थानिय अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा घाईते मध्ये जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को सागर गुरुङको उपचारको मृत्यु भएको हो ।

साथै अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भईरहेको र बलेरो चालक प्रहरीको नियन्त्रणमा लिई उक्त घटना सम्बधमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

( घाईतेहरुको नामावाली)
१. जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ५ बस्ने २२ बर्ष को डम्बर बहादुर गुरुङ ।
२. जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २४ को कमल गुरुङ ।
३. जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा न. ५ बस्ने बर्ष ४६ को रुद्र बहादुर चेपाङ ।
४. जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नं.५ बस्ने बर्ष १८ को जित गुरुङ ।
५. जिल्ला चितवन, ईच्छाकामना गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १९ को रुपक गुरुङ।
६. जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २९ बस्ने बर्ष ३४ को टेस्ट बहादुर गुरुङ ।
(डिस्चार्ज)
७. जिल्ला गोरखा शहिद लखन गाउँपालिका वडा  नं. ३ बस्ने बर्ष ३० को पुर्ण गुरुङ । (डिस्चार्च)

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?