तनहुँको गिराउनचौरमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु , १६ घाइते

सर्वज्योति
  • ख-
  • ख+

७ फागुन । तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ गिराउनचौरको भित्री सडकखण्डमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मिर्लुगंबाट छापस्वारा जन्ती लिएर जादै गरेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभएको छ । मृत्यु हुनेहरुमा ७२ बर्षिय आसपुर गुरुगं र १७ बर्षिय तुलसी गुरुगं रहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुुँले जनाएको छ ।

*सम्पादित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्