सहकारी काण्डमा मुछिएका वडाध्यक्ष रिहालगत्तै ठगी मुद्दामा पुनः पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । उनलाई पोखराको बैदामबाट कास्की प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको जनाएको छ।

उनी धरौटीमा रिहा भएलगत्तै सोही सहकारीमार्फत २ करोड रुपैयाँ बराबरको घर हत्याएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

आफुलाइ झुक्याएर एक महिलाको २ करोड रुपैयाँ बरबारको घर नै वडाध्यक्ष सुवेदीले खाइदिएको उजुरी परेको थियो । ‘अदालतमा उपस्थित भएपछि सम्मानित अदालतले धरौटीमा आड्ने आदेश गरेपनि उहाँविरुद्ध ठगीको अर्को जाहेरी थियो, सोहीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ एसपी थापाले भने ।
पोखरा ९ नयाँबजारमा रहेको मित्रमिलन सहकारी ठगी आरोपी दीपक सुवेदी धरौटीमा रिहा भएका छन् । पोखरा २१ नम्बर वडाका अध्यक्ष सुवेदी मंगलबार आफैँ अदालत हाजिर भएका हुन् । उनी विरुद्ध प्रहरीले मङ्सिरमा नै पक्राउ पुर्जी जारी गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्