काठमाडौंको सितापाइलामा ३ जना मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

९ फागुन, काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्