कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट, काठमाण्डौ दोश्रो , पोखरा अन्तिम

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा देशभरका सबै महानगरपालिकामध्ये चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट बनेको छ । भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा ५६.२९ अंक प्राप्त गर्दै देशभरका ६ वटा महानगरपालिकामध्ये उत्कृष्ट महानगरपालिका र समग्र स्थानीय तहमा दोश्रोमा पर्न सफल भएको हो ।
अघिल्लो वर्ष पनि भरतपुर महानगरपालिका सबैभन्दा उत्कृष्ट महानगरपालिका बन्न सफल भएको थियो ।भरतपुर महानगरपालिकामा प्रमुख रेणु दाहाल रहेकी छन् भने उपप्रमुख चित्रसेन अधिकारी रहेका छन् ।
आयोगका अनुसार भरतपुर महानगरपालिकाले ५६.२९ प्रतिशत अंक प्राप्त गगर्दा काठमाडौं महानगरपालिकाले ३९.०२ प्रतिशत अंक प्राप्त गर्दै दोश्रो, वीरगञ्ज महानगरपालिकाले ३३.४९ प्रतिशत अंक प्राप्त गर्दे तेश्रो , विराटनगर महानगरपालिकाले ३२.८५ प्रतिशत अंक प्राप्त गर्दै चौथो, ललितपुर महानगरपालिकाले २५.१८ प्रतिशत अंक प्राप्त गर्दै पाँचौ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अंक प्राप्त गर्दै छैटौ तथा अन्तिममा परेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्