तनहुँ । १ अर्बको लगानीमा तनहुँको दमौलीमा सिद्धार्थ होटल खुलेको छ । दमौलीको मध्य बजारमा भएको एपेक्स मलको भवनमा 3 Star होटल को सेवा सुविधा प्रदान गर्ने सिद्धार्थ होटल संचालनमा गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । देशभर ३० वटा शाखा भएको सिद्धार्थ ग्रुप अफ हस्पिटालीटीले एपेक्स हस्पिटालिटी लिमिटेडसगको सहकार्यमा दमौलीमा होटल संचालनमा ल्याएको सिद्धार्थ ग्रुप अफ हस्पिटालीटी सिईओ कृष्ण न्यौपानेले जानकारी दिएका थिए । कार्यक्रममा न्यौपानेले पुर्णत नेपालीहरुको लगानीमा संचालित सिद्धार्थ होटलमा १०० प्रतिशत नेपालीहरुले रोजगारी पाएको बताएका थिए । उक्त अवसरमा न्यौपानेले सिद्धार्थ ग्रुप अफ हस्पिटालीटीले विशेषागरि अर्गानिक उत्पादनलाई प्राथमिकता दिने र कफिमा सिद्धार्थ ग्रुप अफ हस्पिटालीटी आत्मनिर्भर भएको बताएका थिए।
कार्यक्रममा एपेक्स हस्पिटालिटी लिमिटेडका डाईरेक्टर सुमन कुमार श्रेष्ठले दमौली पर्यटकिय सम्भावना भएकोले सिद्धार्थ होटलले पर्यटकहरुलाई आर्कषित गर्ने बताएका थिए ।
अण्डरग्राउण्ड पार्किङ्ग, साधारण रुम , फेमिलि रुम, स्विट रुम लगायतका विभिन्न रुम सेवा प्रदान गर्ने होटलमा QFX सिनेमा हल, ३ वटा सेमिनार हलहरु रहेका छन् । सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँच तारेमा सिद्धार्थ भिलासा, चार तारेमा सिद्धार्थ वैभव र तीन तारेमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीको होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्दछ ।
उक्त होटलको एक कार्यक्रमका बिच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । उक्त अवसरमा न्यौपानेले विभिन्न गाँठो हरु फुकाउदै यो भवन निर्माणका लागि सहजिकरण गरेको बताएका थिए । कार्यक्रममा सहभागीहरुले दमौली क्षेत्रमा यस्तो होटल सैचालनमा आउनु गर्वको कुरा भएको र यस्लाई बचाउनु सबैको कर्तव्य भएको धारणा व्यक्त गरेका थिए ।