व्यास १० डिहिगाउँको अनन्त सहकारीको सहकारी शिक्षा तालिम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १० डिहिगाउँको अनन्त बचत तथा ऋण सहकारी संस्था लि.को सहकारी शिक्षा तालिम शनिवार सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार संस्थाले सहकारी शिक्षा तालिम गरेको छ।

तालिम कार्यक्रममा सहकारीको परिभाषा , अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त मुल्य र मान्यता , रिण लगानी र अशुली सम्बन्धी , कोष बिभाजन र लेखापरीक्षण सम्बन्धि , बचत नीति सम्बन्धि प्रशिक्षण संस्थाका अध्यक्ष एवं प्रशिक्षक अर्जुन गुरुङर लेखा समिति सम्योजक रघु नाथ तिमल्सिना र राजु आचार्यले दिएका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव बाबुराम मिश्रले गरेका थिए । ४० जना सेयर सदस्यहरुको सहभागिता रहेको तालिम कार्यक्रममा यस्ता तालिमले सहकारीका सेयर सदस्यहरुलाई अझ जागरुक बनाउने संस्थाका अध्यक्ष एवं प्रशिक्षक अर्जुन गुरुगंले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?