
पोखरा । ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् ।
मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई आगामी ४ बर्ष अवधिको कार्यकालको लागी प्रमुख कार्यकारीअधिकृत पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बुढाथोकी सँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ ।
बैंकिङ क्षेत्रको लामो अनुभव संगालेका बुढाथोकीको पुनः नियुक्तिले ग्राहकहरुलाई समय सापेक्ष थप प्रविधिमैत्री बैकिङ सेवासुविधाहरु प्रवाह गरि बैंकको समग्र व्यवसाय र प्रतिफललाई बृद्धि गरि बैंकलाई थप उचाईमा पु¥याउने विश्वास लिईएको छ ।