७७ जिल्ला कार्यसमितिलाई कांग्रेसको परिपत्र- वैशाख १५ भित्र सदस्यता नविकरणको काम टुंग्याउनू

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ। यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिएपनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको सीमा तोकेको हो। महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएका छन्। थपिएको समयमा अनिवार्य रुपमा नविकारणको काम सक्न निर्देशन दिएका छन्।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका लिने व्यवस्था गरेको छ। कांग्रेसमा महाधिवेशन ताका सधैं क्रियाशिल सदस्यको लफडा गर्ने गरेको छ। तर, यसपटक महामन्त्री थापाले तोकेको समयमा नविकरण नरेर पछि नहुने चेतावनी दिँदै आइरहेका छन्। उनले महामन्त्रीको मुख्य जिम्मेवारी संगठनलाई सुदृढ बनाउने भएकाले आफू अहिले त्यतातर्फ केन्द्रित भएको बताए।
उनले भने, ‘देशभरी हिँडिरहेको छु। संगठनलाई केहि बल पुग्छ कि भनेर हो। केही समयअघि केन्द्रीय समितिको बैठकमा महामन्त्रीले क्रियाशिल सदस्यताको जिम्मा लिएको छ काम केही भएन भनेर तारो बनाउनुभयो। मैले पहिला त सुने तर पछि मलाई असैह्य भयो। मैले उहाँहरुलाई उत्तर दिने बेलामा भने नेपालमा १६५ निर्वाचन क्षेत्र छ। त्यसमध्ये क्रियाशिल सदस्यता नविकरण गर्ने काम एउटा क्षेत्रले टुंग्याएको छ। त्यो काठमाडौं ४ हो भनेर जवाफ दिएँ।’
उनले पार्टीका नेतालाई आफूलाई दोष लगाउनु भन्दा आफ्नो निर्वाचन क्षेत्रको काम टुंग्याउन आग्रह गरे। उनले थपे, ‘मलाई दोष लगाउनुभन्दा तपाईंहरुले आफ्नो क्षेत्रमा गएर नविकरणको काम टुंग्याउनुस् महाधिवेशन हुन्छ। हिजो मात्रै ताकेता गरेको छु वैशाख १५ भित्र सक्नु भयो।’
उनले क्रियाशिल सदस्यको काम समयमै टुंग्याए पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने उनको दाबी छ। (नेपाल प्रेस)

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?