काठमाडौं । Green Development Bank Limited का Marketing Head अनुप के.सी.ले खुला राष्ट्रिय गरिमा म्याराथन दौड प्रतियोगितामा द्वितीय स्थान हासिल गर्नुभएको छ।

१ हजार ४ सयभन्दा बढी प्रतिस्पर्धी सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै K.C. ले दोस्रो स्थान प्राप्त गर्नुभएको हो। उहाँको यो सफलतालाई निरन्तरको अभ्यास, अनुशासन, मेहनत र लक्ष्यप्रतिको दृढ संकल्पको उपलब्धिका रूपमा हेरिएको छ।

बैंकको व्यावसायिक जिम्मेवारीसँगै खेलकुद क्षेत्रमा समेत सक्रिय रहनुभएका K.C. को सफलताले व्यक्तिगत प्रतिभा र संस्थागत गौरवलाई थप उचाइ दिएको छ। उहाँको उपलब्धिले युवापुस्ता तथा खेलप्रेमीहरूलाई समेत प्रेरणा प्रदान गरेको बैंकले जनाएको छ।

यस सफलताप्रति Green Development Bank परिवारले Marketing Head के.सी.लाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरेको छ।

गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने मूल नाराका साथ बैंकको १८औँ वार्षिकोत्सवबाट सुरु गरिएको यस प्रतियोगिताको तेस्रो संस्करणमा १ हजार ४ सयभन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर गरी महिला तथा पुरुषका कुल ४ विधामा प्रतिस्पर्धा गराइएको थियो। १० किलोमिटर खुला विधामा पुरुषतर्फ तिर्थ कुमार पुन ३१ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम भए। त्यसैगरी, महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्।

कर्पोरेटतर्फको ५ किलोमिटर दौडमा पुरुषतर्फ इश्वर बुढाथोकी १९ मिनेट २८ सेकेन्डमा दौड पूरा गरी विजेता बने भने महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान सुरक्षित गरिन्।

बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको १० कि.मी. खुला दौड नारायणगोपाल चोक, हात्तीगौँडा हुँदै बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडि पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै आई समापन भएको थियो। यस्तै, ५ कि.मी. कर्पोरेट दौड बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमा आई टुङ्गिएको थियो।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।