
तनहुँ । व्यास नगरपालिका वडा नं. १३ का अध्यक्ष बसन्त आलेले सामाजिक संजालमा आक्रोश पोखेका छन् । लामो समयदेखि व्यास नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच भएको विवाद समाधान उन्मुख नभईकन थामथुम पार्ने प्रयास गरेपछि वडा अध्यक्ष आलेले सांकेतिक रुपमा आक्रोश पोखेका हुन् । उन्ले सामाजिक संजालमा कथा मार्फत आफ्नो भनाई राखेका छन् । स्टाटसमा आलेले व्यास नगरपालिकालाई इनार र जनताले रगत पसिनाबाट दिएको करबाट तलब भत्ता खाने, जनतालाई दुःख दिने,आफ्नो जिम्मेवारी ननिभाउने,पद अनुसारको दायित्व निर्वाह नगर्ने,मानिसहरु मरेको कुकुर जस्तै हो भनेका छन् ।
आले व्यास नगरपालिकामा ईमान्दार र जुझाँरु वडा अध्यक्ष रुपमा परिचित रहेका छन् । केहि समय अगाडि एकजना कर्मचारीले खाजा खर्च भनेर उन्को गोजीमा हालिदिएको ४ हजार रुपैया कार्यपालिका बैठक थेचार्दै उक्त कर्मचारी बारे प्रश्न उठाएपछि आले झनै चर्चामा आएका थिए ।
प्रस्तुत वडा अध्यक्ष आलेको कथाः
एउटा ठूलो गाउँ रहेछ। त्यो गाउँमा सबै गाउँलेहरूले पानी पिउने एउटा इनार रहेछ। एकदिन साँझ अध्यारोमा एउटा भुसिया कुकुर, त्यो इनारमा खसेर मरेछ। त्यो कुरा कसैलाई तत्काल थाहा भएनछ।
केही दिनपछि इनारबाट दुर्गन्ध आएछ। पानीको स्वाद पनि नमिठो भएछ। गाउँले हरू सबैजना भेला भएर गाउँको मुख्य व्यक्ति सँग अब के गर्ने भनेर सोधेछन्। उनले अहिले भएको इनारको पानी, हरेक घरबाट एकएक जना गएर पानी खाली गर्नु, भोलिबाट नयाँ पानी आउँछ भनेर भनेछन्। गाउँलेहरूले त्यही अनुसार गरे।
तर यिनीहरूको पानी पहिला जस्तै दुर्गन्धित थियो। गाउँलेहरू फेरि मुख्य व्यक्ति कहाँ गए, आफ्ना समस्याहरू भने। मुख्य व्यक्तिले फेरि एकचोटि प्रत्येक घरबाट एकएक जना गई इनारमा भएको सबै पानी फाल्नु भनेर सुझाव दिए। गाउँलेहरूले सबै पानी बाहिर फ्याकिदिए।
गाउँलेहरू तेस्रो दिन पनि हुल बाँधेर मुख्य व्यक्तिको घरमा गए। उनीहरूले पानी अझै दुर्गन्धित रहेको कुरा बताए। मुख्य व्यक्तिस तपाईँहरूले साँच्चिकै पानी फाल्नु भएको होरु सबैजनाले हो मा हो मिलाए। मुख्य व्यक्ति एकछिन सोच मग्न भए र प्रश्न गरेः तपाईँहरूले पानी त फाल्नुभयो। तर के तपाईहरुले पानीमा डुबेर मरेको कुकुर फाल्नुभयोरु कुकुर त फालेकै छैन।
अहिले व्यास नगरपालिका रुपी इनारमा पनि तीनवटा मरेको कुकुर (जनताले रगत पसिनाबाट दिएको करबाट तलब भत्ता खाने, जनतालाई दुःख दिने,आफ्नो जिम्मेवारी ननिभाउने,पद अनुसारको दायित्व निर्वाह नगर्ने,मानिसहरु मरेको कुकुर जस्तै हो) परेको छ। अब बाल्टीले पानी फाली राख्ने हो कि, मरेको कुकुर फाल्ने हो, व्यास नगरबासीहरूले निर्णय गर्ने बेला आएको छ। सबै किसिमका बाधा अप्ठ्यारोका सामना गर्नका लागि हामी सबैले आफूलाई उभ्याउनुपर्ने समय आएको छ।
हिजो गलत भनेर, राणा शासन फ्याँकिएकै हो। पञ्चायती व्यवस्था फ्याँकिएकै हो। संविधान फेरिएकै हो।
यो देशमा श्री ३ फ्याक्न हुने, यी तीन फ्याक्न नहुनेर ?