बैकर क्लब अफ दमौलीको पदाधिकारीहरु चयन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको संस्था बैंकर क्लब अफ दमौलीको तदर्थ समितिका पदाधिकारीहरु चयन गरिएको हो । क्लबको पूर्व अध्यक्ष राजु रानाको उपस्थितिमा पदाधिकारी चयन गरिएको थियोे ।
बैंकर क्लब अफ दमौलीको संयोजकमा तोरणबहादुर विक, सहसंयोजकमा कल्पना सुनार,सचिवमा सुदिप न्यौपाने, कोषाध्यक्षमा सुमित बस्नेत र सदस्यहरूमा सरोज जमर कट्टेल, उज्जवल घिमिरे, मिलन पहाडी, नारायण भट्ट, दिवाकर भण्डारी, अर्जुन थापा, रुद्रजंग गुरुङ, सुमन तिम्सिना, भोजकुमार कार्की,सुशील सापकोटा, ओमराज गुरुङ, शालिग्राम गिरी र सुनिता शाही चयन भएका छन्।
क्लबका पूर्व अध्यक्ष राजु रानाले स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र कोभिड १९ को विषम परिस्थितिमा नगरवासीको जीवन रक्षाका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर व्यास नगरपालिकालाई हस्तान्तरण गरेको पनि बताएका थिए।
उक्त अवसरमा व्यास नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूको सहभागिता रहेको क्लबका नवनियुक्त सचिव सुदिप न्यौपानेले जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?