तनहुँ, म्याग्दे। म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट सार्वजनिक कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा सरोकारवालालाई सम्मान गरेको छ।

सो अवसरमा उद्योग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपाने उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित हुनुभएको हो। गाउँपालिकाले उहाँले उद्योग, पर्यटन, सहकारी तथा आर्थिक विकासका क्षेत्रमा पुर्‍याउनुभएको योगदान, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा प्रभावकारी सेवा प्रवाहको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ।

कार्यक्रममा शिक्षा अधिकृत तथा शिक्षा, सामाजिक विकास शाखा प्रमुख विष्णु क्षेत्री, लेखा अधिकृत तथा आर्थिक प्रशासन शाखा प्रमुख शिवजी थापा, पशु विकास शाखा प्रमुख तथा पशु विकास अधिकृत मुक्तिराम पौडेल, प्राविधिक विज्ञान पौडेल, वडा नं. ५ की सचिव विमला गैरे, कार्यालय सहयोगी महेन्द्रकुमार श्रेष्ठ र समुन्द आले पनि सम्मानित हुनुभएको थियो।

त्यसैगरी, निजी क्षेत्रको तर्फबाट म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र सरोकारवालाको सम्मानले सेवाप्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

उत्कृष्ट कार्यसम्पादनका लागि प्रदीप न्यौपाने सम्मानित