राष्ट्रिय युवा परिषद् तनहूँको पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहूँकी अध्यक्ष रिता ढकाल र युवा समाजसेवी अमरराज सोतिको विशेष पहलमा जिल्ला अस्पताल दमौलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभाग संगको सहकार्यमा कोभिड बिरुद्धका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको छ । ३ थान भरी अक्सिजन सिलिण्डर, कोभिड-१९ गाउन सेट २०० थान, कोभिड-१९ मास्क २००० पिस, कोभिड-१९ एक्जामिनेसन(लुज) ग्लब्स २५० जोर, फेस सिल्ड १०० पिस, कोभिड-१९ गम बुट १० जोर लगायत स्वास्थ्य सामाग्री नरदेवी आयुर्वेदिक अस्पताल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष शंकर पौडेल, युवा ब्यबसायी ईन्जिनियर बिबेक पौडेल लगायतको उपस्थितिमा दमौली अस्पताल ब्यबस्थापन समिति, तनहुँका अध्यक्ष प्रदिप राज अधिकारीलाई हस्तान्तरण गरिएको हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट तनहुँका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने उद्देश्य र कोरोना संकटको जोखिम न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्नुपर्ने कुरा समितिकी अध्यक्ष ढकालले बताउनुभयो l

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?