टान पोखराको संघको १६ औ अधिवेशनका लागि भोलि पोखरामा सम्पन्न हुन् गैरहेको छ। पदयात्रा पर्यटन ब्यसायीहरुको छाता संगठन टानको पोखरा चुनाबी सरगर्मी संगै माहोल तातेको छ भने अध्यक्षमा सुशील राज पौडेल र सचिबमा मिलन तिवारी सर्वसम्मत निर्वाचित भएका छन् ।
पदयात्रा पर्यटनको विकास तथा व्यवसायिक हक हितको पक्षमा अगाडी बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै प्रथम उपाध्यक्षमा धर्मराज पन्थीले उम्मेदवारी दिएको जानकारी दिनु भएको छ।
सन् १९९६ देखी पर्यटन क्षेत्रमा पर्यटन कर्मीको रूपमा प्रवेश गरेर अत्यन्तै विषम परिस्थितिमा पनि पलायनको बाटो नरोजी नेपाली भूमिमा नै कर्म गर्नुपर्छ र देशकै आर्थिक उन्नतीमा टेवा पुग्नुपर्छ भन्ने मान्यता राख्दै कर्म गर्दै आइरहेको साथै गर्दै द्धितिय उपाध्यक्ष्यको जिम्मेवारी सफलतापूर्वक बहन गरी सकेर प्रथम उपाध्यक्ष्यको पदका लागि चुनावी मैदानमा उभिएको जानकारी दिनु भएको छ।
पर्यटन व्यवसायको प्रवद्धनका क्रममा विभिन्न समयमा अमेरिका, क्यानाडा, युरोप, जापान तथा एसीयाका विभन्न देशहरूमा नेपालको पर्यटन र हाम्रो व्यवसायको प्रबर्धन गर्दै आइरहेको जानकारी दिदै भने पर्यटन कर्मीको रूपमा पर्यटन क्षेत्रलाई नै मेरो प्रमुख कर्तव्य संझेर आजका दिनसम्म पदयात्रा पर्यटन व्यवसायिको रूपमा स्थापित भएको समेत बताउनु भएको छ। सन् २०१४–१६ निर्वाचित कार्यसमिति सदस्य
सन् २०१६–१८ निर्वाचित सह–सचिव ९टान रजत जयन्ति वर्ष० सन् २०१८–२० निर्वाचित द्धितीय उपाध्यक्ष को जिम्मेवारी समाल्नु भएका पन्थी लाई हामीले सोधेका थियौ हजुरले जितेमा पर्यटनको क्षेत्रमा के फरक गर्नु हुन्छ रु उहाले भन्नु भो
कोभिड १९ को विषम परिस्थीतिमा चुनौतिलाई अवसरमा परिवर्तन गर्नका लागि गर्नुपर्ने केही मुख्य कर्महरु टिमसँग मिलेर गर्नेछु र प्राथमिकतामा निम्न कुराहरु पर्नेछन् ।
- राष्ट्रिय तहमा हाम्रो विद्यमान पर्यटन नीति, नियम तथा संरचनामा परिवर्तन गर्न पहल गर्ने छु ।
- आधुनिक सुचना प्रविधिको प्रयोग गरी हामी व्यवसायि तथा हाम्रा मजदूरहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिशप्रर्धा गर्न सक्ने बनाउने छु
- पर्यटन व्यवसायी पलायन हुन नदिन थप सरोकार र समन्वय गर्नेछु
- विभिन्न सरोकारवालाको सहकार्यमा विभिन्न राहत प्याकेज तयार पार्नेछु
- नयाँ पदमार्ग खोज तथा भएका पदमार्गको संरक्षण तथा पूर्वाधार निर्माण गर्न पहल गर्ने छु।
- चर्चित तर मोटरबाटोले विस्थापित पदमार्गको बैकल्पिक मार्ग खोज तथा निर्माण गर्न लाग्ने छु।
- पदयात्रा र आरोहण सँगसँगै गर्नमिल्ने हिमालचुलिहरुको पहिचान गरि प्रवर्धन गर्न अगाडी बढ्नेछु। ।
- सबै साथिहरुको साथ मनोभावना बुझेर अगाडी बढ्नु साथै पर्यटनको क्षेत्रमा आइपरेका समस्याको उचित समाधान गर्न लाग्ने छु।
टान पोखराका वरिष्ठ व्यवसायी पुर्व अध्यक्षहरु ,निर्वाचित अध्यक्ष तथा सचिबको पनि साथ रहेको गोप्य सुत्र बाट जानकारी प्राप्त भएको छ । निष्ठा र इमान्दारीताको कारण उहाँले सबैको साथ पाउने टान पोखराका पुर्व पदाधिकारीले धारणा दिनु भएको छ । प्रथम उपाध्यक्षमा नै जीवन राज सापकोटा ले समेत उम्मेदवारी दिएका छन् । उनि पुर्व सचिब हुन्। सांगठानिक वरिष्ठताको रुपमा अगाडी रहेका पन्थी ले बिगतका दिनमा पर्यटनकर्मिको साथ लाई हेर्दा नेतृत्व मा आउने सम्भावना बलियो देखिएको छ।








