 
                                     
								तनहूँ । जिल्ला समन्वय समिति तनहूँको आयोजनामा तनहूँ जिल्लाका दशै स्थानीय तहका प्रमुख उप प्रमुख लगायत सरोकारवालाहरुको उपस्थितिमा कोभिड १९ ले पारेका प्रभाव र यसको लागि गर्नुपर्ने कामहरुको बारेमा छलफल कार्यक्रमको आयोजना गरियो । जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षताा भएको छलफलमा निम्न निर्णयहरु गरिएका छन् ।
– तनहुँ जिल्लामा हाल रहेकोे कोभिड महामारीको वस्तुस्थिति तथा तथ्यगत विवरणको समिक्षा गरियो, लक्षण युक्त बिरामीहरु परिक्षणको दायरामा आउन नमान्ने कारणबाट संक्रमण दर घटाउन असजिलो भएको महसुस गरियो, पालिक स्तरमा स्वस्थ्य सामग्रीको उपलब्धता सहजता रहेकोे पाईयो।
– हालसालै परेका अविरल वर्षाका कारण भएका क्षतिहरुको पनि जानकारी लिदै तत सम्बन्धमा पालिकाहरुले समयमा नै सजगता अपनाउन र आउदै गरेको बजेट, निति तथा कार्यक्रममा जोड दिनुपर्ने।
– जिल्लामा भैरहेको निषेधाज्ञा सन्दर्भमा आउदो निषेधाज्ञा केही खुकुलो गरि जनजीवन सामान्य गराउने छलफल गरियो।
– नेपाल सरकारको आ. व. ७८/७९ को बजेट वक्तव्यमा बालबिकासका सहयोगि शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई उपलब्ध गराईने पारिश्रमिक स्थानीय तहलाई थप आर्थिक भार पर्ने र वर्तमान परिप्रेक्ष्यमा कोभिड महामारीको उपचारमा स्थानीय तहलाई ठुलो बजेट खर्च गर्नुपर्ने भएकोले उक्त निर्णय कार्यन्वयन गर्न चुनौती रहेकोे महसुस गरि संघीय सरकार कै तर्फबाट सम्पूर्ण खर्च व्यहोर्न उपर्युक्त हुने हुदा नेपाल सरकार शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो।
उक्त अवसरमा उपस्थित स्थानीय तहका प्रमुख उप प्रमुख लगायत सरोकारवालाहरुले सल्लाह सुझावहरुलाई समेटेर माथि उल्लेखित निर्णय गरिएको जिल्ला समन्वय समिति तनहूँका प्रवक्ता गल गुरुगंले जानकारी दिनुभयो ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


