किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पोखरामा पक्राउ

  • ख-
  • ख+

कास्की । पोखराबाट जबरजस्ती करणी कसुरमा एक ब्यक्ति पक्राउ परेका छन् । भारतको बिहार प्रदेश घर भई पोखरा ९ स्थित शान्तिवन बस्दै आएका इन्द्रजितकुमार शर्मालाई कास्की प्रहरीले पक्राउ गरेको हो । शर्माले १६ वर्षे किशोरीलाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहर कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

अभियुक्तले किशोरीलाई जबर्जस्ती करणी गरी गोप्य रुपमा बनाएको भिडियो सहितका फोटोहरु किशोरीकै नक्कली फेसबुक आइडी बनाएर हालिदिएको जाहेरीमा उल्लेख छ । जाहेरीका आधारमा शर्मालाई बुधबार पोखराको चाउथेबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादी शर्मा विरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?