मनाङ्गका बाढिपिडितलाई राष्ट्रिय युवा संघ तनहूँको ७० हजार सहयोग

  • ख-
  • ख+

अविरल परेको बर्षासगै देशको बिभिन्न स्थानमा गएको बाढी र पहिरोले हजारौँ घरहरु बगाएको बेला राष्ट्रिय युवा सँघ नेपाल केन्द्रीय कमिटिले राहत र उद्दारको आव्हान गरे संगै तनहूँको तर्फबाट पनि गण्डकी प्रदेशमा प्रभावित जिल्ला मनाङ्गको लागि राहत लागि राष्ट्रिय युवा संघ तनहूँका युवाहरुबाट संकलन गरि रु ७० सत्तरी हजार राष्ट्रिय युवा संघ तनहूँका संयोजक उज्ज्वल खनालले गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ्ग मार्फत मनाङ्ग पठाउनको लागि हस्तान्तरण गरेका छन् । यसमा साथ दिने सबै युवाहरुलाई धन्यवाद समेत राष्ट्रिय युवा संघ तनहूँका सयोजक उज्वल खनाल दिनुभएको छ । रास्ट्रीय युवा संघ नेपाल गण्डकी प्रदेशमा संयोजक महेन्द्र गुरुङ्गले राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले अपिल गरेर मनाङ्ग जिल्लामा बाढीपीडितहरुलाई सहयोग गर्न सबै युवाहरुलाई आह्वान गरेको गरेको त्यस अनुसार तनहूँ जिल्लाले गण्डकी प्रदेशमा सबै भन्दा छिटो सहयोग ल्याएकोमा धन्यवाद पनि दिनुभएको थियो । राष्ट्रिय युवा संघ जहाँ समस्या उत्पन्न हुन्छ त्यहा समाधान गर्न पुग्ने समेत गुरुङ्गले बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?