ईश्वरलाल प्रतिष्ठानबाट २० जना बालबालिकालाई खाद्यान्न सहयोग

  • ख-
  • ख+

काठमाडौं । ईश्वरलाल प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् ।

प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।

ईश्वरलाल प्रतिष्ठान नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष एवम् प्रतिष्ठित उद्योगपति स्वर्गिय इश्वरलाल श्रेष्ठको स्‍मृतिमा स्थापित सामाजिक संस्था इश्वरलाल प्रतिष्ठान हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?