साल्ट ट्रेडिङ कर्पोरेशन लि.बाट ४० जना बालबालिकालाई खाद्यान्न सहयोग

  • ख-
  • ख+

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । कर्पोरेशनका तर्फबाट बजार प्रबन्धक प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् ।

कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको पनि छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?