ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

  • ख-
  • ख+

सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइनेछ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो ।
डा. गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार जना हुनुहुन्छ ।

भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत दोस्रो डोज दिइने उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?