सह –सचिव अधिकारी द्धारा व्यास २ र ४ नं वडा कार्य समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले स्वास्थ्य सामाग्री वितरण अभियानलाई जारी राखेका छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान सह–सचिव अधिकारीले सोमबार नेपाली कांग्रेस २ नं र ४ नम्बर वडा कार्य समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नगर सह–सचिव अधिकारीले २ नम्बर वडा कार्य समितिका सभापति तिलबहादुर थापालाई सामाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सचिवद्धय सुरेश पुरी , पविन्द्र भट्राई, वडाका नेता टुकबहादुर हमाल लगायतको उपस्थिती रहेको थियो ।त्यसैगरी नगर सह–सचिव अधिकारीले ४ नम्बर वडा कार्य समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । अधिकारीले सचिवद्धय सरोज भण्डारी र माधव न्यौपानेलाई सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडाका नेताहरु बुद्धिमान श्रेष्ठ ,नेविसंघ पूर्व सह–महामन्त्री लक्ष्मी भक्त खनाल , महिला नेतृहरु सुशिला भट्टराई ,नारायणी अधिकारी लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सह–सचिव अधिकारीले कोरोनाको कहरमा हुन लागि रहेको १४ औं महाधिवेशनमा स्वास्थ्य सर्तकतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

साथै अधिकारीले १४ औं महाधिवेशनमा वडा देखि केन्द्र तहसम्म पार्टी हाँक्ने सक्ने क्षमतावान व्यक्ति नेतृत्वमा पुग्नु पर्नेमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?