तनहूँ । अविरल बर्षा र बाढि पहिरोका करण ज्यान गुमाउने सरस्वति थापाको परिवारलाई सहयोग गर्नुभएको छ । बर्षा र पहिरोका कारण तनहूँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नं. ३ तामुङकी सरस्वति थापाले ज्यान गुमाउनुभएको थियो । बाढि पहिरोमा परि घाईते थापाका देवर सुभाष थापा, ससुरा लिलबहादुर थापा र सासु दाउरीमाया थापा दमौलीमा उपचाररत हुनुहुन्छ । अस्पतालमा पुगि राष्ट्रिय युवा सङ्घ नेपाल व्यास नगर समितिका संयोजक कृष्णकुमार श्रेष्ठ र नेकपा तनहूँका युवा नेता अनिल पाण्डेले ४ वटा ब्ल्याङ्केट र ३ हजार रुपैया हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा उपचाररत उहाँहरुलाई सारै नै गारो परेको र बिरामीहरुलाई ओड्ने लुगाको पनि अभाव भएको सुनेर प्रारम्भिक चरणमा उक्त सहयोग गरेको र अन्य सहयोग पनि गर्ने राष्ट्रिय युवा सङ्घ नेपाल व्यास नगर समितिका संयोजक कृष्णकुमार श्रेष्ठले बताउनुभएको छ । उक्त अवसरमा बाढि पहिरो पिडितलाई सहयोग गर्ने आफ्नो पार्टीको उद्धेश्य रहेको र त्यस्को लागि पार्टीले विवरण संकलन गरिरहेको नेकपाका युवा नेता अनिल पाण्डेले बताउनुभएको छ ।
बुधबार राति घर पुरिंदा सरस्वति थापाको मृत्यु भएको थियो भने उहाँका देवर सुभाष थापा, ससुरा लिलबहादुर थापा र सासु दाउरीमाया थापा घाइते हुनुभएको थियो ।








