कोभिडले सन्चारमाध्यहरुमा परेको असर सम्बन्धि अन्तरक्रिया

  • ख-
  • ख+

तनहूँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा नेपाल पत्रकार महासंघ तनहुँ शाखा र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय, पोखराको संयुक्त आयोजनामा कोभिड १९ ले पत्रकारहरुमा परेको असर विषयक मिडिया साझेदारी बैठक नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्ज्वल पौडेल को अध्यक्षतामा भएको कार्यक्रममा तनहूका पत्रकारहरुको वस्तुस्थितिको र तनहुँमा कोभिडको स्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशन चन्द्रकान्त चापागाईंले मानव अधिकार रक्षकको अवस्थ, भुमिका र चुनौतिहरु बारेमा बताउनुभएको थियो । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले कोभिड १९ को महामारीमा मानव अधिकार र सन्चार क्षेत्रमा ठुलो असर परेको बताउनुभयो । कार्यक्रममा पत्रकार र मानवअधिकारकर्मिहरुसंग अन्तरक्रिया भएको थियो ।

उक्त कार्यक्रमकी संयोजक सपनम शर्मा, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, आदिवासी जनजाति महासंघ तनहूँकी अध्यक्ष बसुन्धरा घर्ती, मानवअधिकारकर्मि कल्पना पौडेल लगाएतले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि प्रकाश चन्द्र भट्टराईले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?