तनहूँ । नेकपा एमाले तनहूँका नेता एवं नेकपा एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य बिद्या ढकालले ततहूँको भानु नगरपालिका नगरपालिकालाई सचेत गराउनको लागि विज्ञप्ति जारी गर्नुभएको छ विज्ञप्तिमा उहाँले बाढिपहिरो देखि बिकास निर्माणका सवालमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
प्रेस विज्ञप्ति
भानु नगरपालिकासित हार्दिक अनुरोध
१.आषाढ १० गते भित्र सम्पन्न भै सक्नु पर्ने नगर सभा हालसम्म पनि नहुनु दुखद छ । अबिलम्ब नगर सभा सम्पन्न गरियोस् ।
२. हालै गएको भीषण बाढी पहिरोका कारण नगरपालिकाका सबै जसो क्षेत्र नराम्रो सित प्रभावित छन् ।
यी विषयहरुमा नगरपालिकाको तत्काल ध्यान पुगोस्
-क्षतिग्रस्त घरहरुको पुनर्निर्माण , पिडितलाई राहत र जोखिममा रहेका घर ९ बस्तीहरुको संरक्षणमा विशेष ध्यान दिइयोस् ।
– यो रोपाईंको समय हो । सबै जसो बाँध – कुलाहरु क्षतिग्रस्त छन् । तत्काल बाँध – कुलाहरुको निर्माण र मर्मत नहुने हो भने हाम्रो मुख्य उत्पादन धान खेती नराम्ररी प्रभावित हुनेछ, हामी गम्भीर भोकमरीको चपेटामा पर्नेछौं । यसर्थ यो विषयमा तदारुकताका साथ ध्यान दिइयोस् ।
-बाढी पहिरोका कारण सबैजसो सडकहरु क्षतिग्रस्त छन् । यातायात अवरुद्ध छ । अवरुद्ध सडकहरु संचालनमा विशेष ध्यान दिईयोस् ।
३. जनताको पहलमा विगतका नगरसभाहरुबाट नीतिगत रुपमा सुशासन , आर्थिक पारदर्शिता,समृद्ध भानु नगरपालिका निर्माण लगायत अन्य धेरै विषयहरुमा महत्वपूर्ण निर्णयहरु भएका छन् । तर ती निर्णयहरुको कार्यान्वयनमा नगरपालिकाको ध्यान पुगेको देखिएन । यसर्थ, जनतालाई अनुभूत हुने गरी सुशासनको प्रत्याभूति दिलाईयोस् ।
विद्या ढकाल
सचिवालय सदस्य, केन्द्रीय लेखा आयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)








