राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर कमिटीद्धारा बृक्षारोपण

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर कमिटीद्वारा आयोजित बृक्षारोपण कार्यक्रम तालबेशी मा. बि. शुक्लागण्डकी वडा नं. ९ मा शुक्लागण्डकी नगर युवा संघका संयोजक सुरेन्द्र तमाङको अध्यक्षयता सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ प्रमुख आतिथ्य हुनुहुन्थ्यो । गुरुङले स्थायी सरकार जनताको माग रहेको जनताको माग अनुसार अहिलेको सरकारले काम गरेको र अहिलेको सरकारको धेरै लोक प्रिय काम गरेको देखेर अरु धेरै नै आत्तिएको बताउनुभयो । वर्तमान सरकार र नेकपा एमाले बिरुद्धको घेराबन्दी,विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको विरुद्धमा अब युवा संघले संघर्ष गर्ने बताउनुभयो ।

यो कार्यक्रम राष्ट्रिय युवा संघ नेपालले २०७८ साल असार १८ गते देखि साउन ७ गतेसम्म बृहत बृक्षारोपण कार्यक्रम संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको भन्ने मुल नारालाई लिएर देश भरि विभिन्न प्रकारका विरुवाहरु बृक्षारोपण गरिरहेको छ ।

कार्यक्रममा नेकपा एमालेका नेता मुक्ति तिमल्सेना, युवा नेता देवान गुरुङ, शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य गिता महत, राष्ट्रिय युवा संघका सचिवालय सदस्य एवम् तनहूँका सयोजक उज्वल खनाल, केन्द्रीय सदस्य मदन तिमल्सेना , तिर्थ खनाल, ईश्वर श्रेष्ठ, राष्ट्रिय युवा संघ व्यास नगर कमिटीका संयोजक कृष्ण कुमार श्रेष्ठ, भिमाद नगरका सहसचिव निशेष खड्का आदिको उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?