प्रजातन्त्र सेनानीका पुत्र वाग्लेको वडा सभापति बन्ने चाहना

  • ख-
  • ख+

तनहूँ । २००७ सालदेखि नेपाली कांग्रेसको योद्धाभएर खटिनुभएका, प्रजातन्त्रको लागि जेनलनेल , अनेकौ यातना भोग्नुभएका प्रजातन्त्रका सेनानी व्यास ५ र हाल व्यास नगरपालिका वडा नंं २ मा बसोबास गर्नुहुने रविचन्द्र वाग्लेका पुत्र सुरेश वाग्ले नेपाली कांग्रेसको आउदो अधिवेशनमा व्यास नगरपालिका वडा नंं २ बाट सभापतिको उमेदवार बन्ने हुनुभएको छ । प्रजातन्त्रको लागि लडेको परिवार भएको र गाउँ समाज, टोल र देशको लागि युवाहरुको अत्याधिक खाँचो भईरहेकोले आफुले सभापतिमा उमेदवारी दिन लागेको वाग्लेको भनाई रहेको छ ।
विद्यार्थी जीजनदेखि नै नेबिसंघमा आवद्ध भई राजनीति गर्नुभएका वाग्लेले टोल बिकास संस्था, शैक्षिक संस्थाहरु, मठ मन्दिर, नेका वडा कमिटिमा आवद्ध भई कुशलतापूर्वक सेवा गरिरहनुभएको छ । वाग्ले आफुलाई नेपाली कांग्रेसभित्र आफुलाई कुनै समुह बिशेषको भन्दा पनि विपिको अनुयायी भनेर चिनाउनुहुन्छ साथै वहाँ आफुलाई नेपाली कांग्रेस वडाको सभापति बनाएपछि सबैको भावनालाई सम्मान गर्दै पार्टीको निर्दशन र अग्रजको भावनालाई सधै शिरोपर गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?