आदिकवि भानुभक्त क्याम्पसमा शैक्षिक तथा ब्यावसायीक भवनको सिलन्यास

  • ख-
  • ख+

तनहूँ । आदिकवि भानुभक्त क्याम्पसमा निर्माण प्रारम्भ हुन लागेको शैक्षिक तथा ब्यावसायीक भवनको आइतवार विहान ब्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एक समारोह विच वैदिक विधिवाट जगको आधार शिलाको पुजा गरि शिलान्यास गर्नुभएको छ । ब्यास नगरपलिकाको आर्थिक अनुदान सहयोगमा उक्त भवन निर्मण हुन लागेके हो। नगर पालिकाले उक्त भवन निर्माण योजनाका लागी आव ०८८/०७८ मा २५ लाख र ०७८/०७९ मा ३० लाख गरि ५५ लाख रकम विनियोजन गरेको छ । दमौली वेलवास सडक खण्डसंगै जोडिएको क्याम्पसको लालपुर्जाको जग्गामा वारपार खण्ड खण्डमा चरणवद्ध वन्न लागेको ४ तले उक्त भवनको भुइ तला व्यापारिक तथा ब्यावसायीक प्रयोजनका लागी भाडामा दिने र अन्य तलाहरु शैक्षिक प्रयोजनका लागी क्याम्पसले प्रयोगमा ल्याउने गरि उक्त भवन डिजाइन गरिएको छ । समुदायद्वारा व्यवस्थापन गरिएको यस क्षेत्रको महत्वपूर्ण उच्च शिक्षाको गन्तव्य बन्न सफल आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक पूर्वाधार निर्माणमा ब्यास नगरपालिकाले निरन्तर आर्थिक सहयोग गर्दैआएको र यस भवन निर्माण पछि क्याम्पसको दिगो आम्दानीको श्रोत जुट्ने विश्वास ब्याक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित हुनुभएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाले क्याम्पसको शैक्षिक विकासमा जरूरी देखिएको भौतिक पुर्वाधारको आवश्यकतालाई पूरा गर्न वन्न लागेको यस व्यावसायिक तथा शैक्षिक भवन महत्वपूर्ण कसी हुने बताउनु भएको थियो । उक्त भवन क्याम्पस निर्माण तथा उपभोक्ता समिति आफैले निर्माण सामग्री खरिद गरि निर्माण श्रमीक दैनिक हाजीरीमा खटाएर निर्माण गर्न लागेको क्याम्पस निर्माण तथा उपभोक्त समितिका अध्यक्ष दिल बहादुर दरैले बताउनुभएको छ । दरैको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र बस्नेत, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस सल्लाहकार समितिका सदस्य विश्व बास्तोला, छात्रावास व्यवस्थापन समितिका अध्यक्ष केश बहादुर सुनार, व्यास १ का वडा सदस्यहरु चुडामणी दाहाल र निर बहादुर मल्ल ठकुरी, लायन्स क्लब अफ तनहुँका अध्यक्ष कृष्णहरी गैह्रे, पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य तथा पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारी, क्याम्पस सल्लाकार समितिका सदस्य सन्तलाल श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका द्धितिय उपाध्यक्ष कुमार मल्ल, आर्थिक समितिका संयोजक वावुराम बगाले, कक्षा ११/१२ कार्यक्रम व्यवस्थापन समितिका संयोजक सरिता थापा भण्डारी, अभिभावक संघका अध्यक्ष सृजना तिवारी, विज्ञानचौर टोल विकास संस्थाका अध्यक्ष भरत पन्थ तथा सञ्चालक समितिका सदस्यहरु, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान विभाग प्रमुख राजन घिमिरे लगायत प्राध्यापक र कर्मचारीहरुको उपस्थित रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?