राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर युवा कमिटीद्वारा बृक्षारोपण कार्यक्रम आयोजना

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीद्वारा आयोजित बृक्षारोपण कार्यक्रम सम्पन्न भएकामे छ । भिमाद नगर युवा संघका संयोजक माधब थापाको अध्यक्षयता भएको कार्यक्रममा भिमाद नगरपालिका वडा नं.६ बागटार र वडा नं. ८ भागरमा बृक्षारोपण गरिएको हो । उक्त कार्यक्रममा सुकुम्बासी आयोगका तनहूँका अध्यक्ष दधिराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सुवेदीले केपी ओलीको सरकारले जनताको माग अनुसार काम गरेको, सरकारका लोक प्रिय काम गरेको देखेर प्रतिपक्ष तथा केपी ओलीकै प्रतिद्धन्दिहरु अरु धेरै नै आत्तिएको बताउनुभयो । कार्यक्रममा उहाँले प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जबराको जुन फैसला गर्नुभएको छ, त्यसले देशलाई झन् संकट तिर धकालेको पनि बताउनुभयो । उहाँले कोभिड १९को महामारी भएको बेलामा युवा संघले वृक्षारोपण गरेर वातावरण सन्तुलनको लागि अतुलनीय काम गरेको बताउनुभयो । उहाँले यी विरुवाहरुलाई वरपरका सबै मिलेर हेरचाह गर्न समेत आग्रह गर्नुभएको थियो ।

२०७८ साल असार १८ गते देखि साउन ७ गतेसम्म बृहत बृक्षारोपण कार्यक्रम संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको भन्ने मुल नारालाई लिएर राष्ट्रिय युवा संघ नेपालले देश भरि विभिन्न प्रकारका विरुवाहरु बृक्षारोपण कार्यक्रम गरिरहेको छ ।

कार्यक्रममा भिमाद नगरपालिकाकी उप प्रमुख शारदा खनाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् तनहूँका संयोजक उज्वल खनाल, केन्द्रीय सदस्य मदन तिमल्सेना, ईश्वर श्रेष्ठ, जिल्ला सदस्य मुन्नि खातुन, राष्ट्रिय युवा संघ व्यास नगर कमिटीका सह संयोजक अजित पन्थ, भिमाद नगर युवा कमिटीका उपाध्यक्ष शिव आले, सहसचिव निशेष खड्का लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?