खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु

  • ख-
  • ख+

चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर ५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृत्यु भएको हो।

आइतबार बिहान ८ बजे खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका ३४ वर्षीय मगरको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?