नेका नगर सभापतिका आंकाक्षी अधिकारीद्धारा ३ नम्बर वडामा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेस व्यास नगर सभापतिका आंकाक्षी डम्बर अधिकारीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । अधिकारीले मंगलबार ३ नम्बर वडा कार्य समितिका सभापति बाबुराम वगालेलाई मास्क र सेनिटाइजर हस्तान्तरण गर्नुभएको हो । वडा अधिवेशनका क्रममा स्वास्थ्य सर्तकता अपनाउन मद्धत पुगोस भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको आंकाक्षी अधिकारीले बताउनुभयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस तनहूँका जिल्ला सदस्य अशोक कुमार श्रेष्ठ, नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्ले , महिला संघ तनहूँकी अध्यक्ष पवित्रा पौडेल लगायतको उपस्थिती रहेको थियो । नगर सभापतिका आकांक्षी अधिकारीले यस अगाडि नेपाली कांग्रेस १,२,४,१३ र १४को वडा कार्य समितिलाई समेत मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसक्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?