तनहूँ । एलायन्स क्लव अफ तनहूँले व्यास नगरपालिका वडा नं. १० का विपन्न वोटे समुदायका ६० घरधुरीलाई खाद्यान्न वितरण सम्पन्न गरेको छ । राष्ट्रिय एकिकृत विकास संघ निडाको सहयोगमा एलायन्स क्लव अफ तनहुँले उक्त खाद्यान्न सामाग्री वितरण गरेको हो । एलायन्स क्लव अफ तनहुँका अध्यक्ष सुदिप पौडेल र व्यास नगरपालिका वडा नं. १० का वडाअध्यक्ष तुलसीराम सापकोटाले एक कार्यक्रमको बिच उक्त खाद्यान्न सामाग्री वोटे समुदायलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष सापकोटाले कोराना र बाडिपहिरोको कारण बोटे समुदायमा विहान बेलुका हातमुख जोड्न नै समस्या भइरहेको अवस्थामा एलायस क्लवले खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेकोमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा एलायन्स क्लव अफ तनुहँका सल्लाहकार एवं समाजसेवी मदन तिमल्सेना, राष्ट्रिय एकिकृत विकास संघ प्रतिनिधि सोममाया गुरुङ्ग,स्थानिय समाजसेवी शेर बहादुर बोटे, क्लवका जनसम्पर्क अधिकृत अमरराज नहर्कि, क्लवका प्रथम उपाध्यक्ष विनय राउत, कोषाध्यक्ष अजित पन्थ लगाएतले मन्तव्य राख्नुभएको थियो । व्यास १० को बैरेनीमा रहेको तल्लो बोटेटार र दुम्सीमा रहेको माथिल्लो बोटेगाँउका करिब ६० घरपरिवारलाई प्रत्येक घरधुरी अनुसार एक बोरा चामल, दाल नुन, तेल, जिरा, चिनी, साबुन लगाएतका खाद्यान्न सामाग्री वितरण गरिएको क्लवको द्धितिय उपाध्यक्ष रोशन शर्माले जानकारी दिनुभयो । क्लवका सचिव अमित कैनिले आगामि दिनमा अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान गरि घरदैलोमै पुगी खाद्यान्न वितरण कार्य गर्न गइरहेको जानकारी दिनुभयो ।








