तनहूँ । तनहूँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा शनिवार विहान व्यास जयन्ती एवं गुरु पूर्णिमाकाको अवसरमा गुरु सम्मान कार्यकम सम्पन्न भएको छ । उक्त कार्यक्रम धर्म, संस्कृति र मानवताका पक्षमा क्रियाशील रहेको क्याम्पसका विद्यार्थीहरूको साझा संस्था जीवन सेवा अभियानको आयोजनामा भएको थियो । कार्यक्रम अभियानकी अध्यक्ष पूजा सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले क्याम्पसमा उपलब्ध गुरुहरुलाई फूल माला अबिर पहिराएर र फलफूल खुवाएर सम्मान गरेका थिए । उक्त कार्यक्रममा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले वेदव्यासको पवित्र जन्मस्थल दमौलीमा गुरु सम्मान परम्परालाई निरन्तरता दिने अभियानको प्रयत्नलाई प्रशंसा गर्नुभएको थियो । उक्त अवसरमा सहायक क्याम्पस प्रमुख डा. राम कुमार अधिकारीले गुरु पूर्णिमाको महत्वको बारेमा बोल्नुभएको थियो भने नेपाली विषयका सहायक प्राध्यापक नारायणी अधिकारीले गुरुभक्ति संम्बन्धि कविता वाचन गर्नु भएको थियो । अभियानका संस्थापक राजेश कुमार श्रेष्ठले पनि शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे, शोध तथा अनुसन्धान समितिका संयोजक जनक काफ्ले, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अभियानका उपाध्यक्ष लक्ष्मी आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुस्मिता चौधरीले गर्नुभएको थियो।








