तनहूँ । तनहूँको व्यास नगरपालिकाद्धारा शनिबार गुरु पूर्णिमा दिवस तथा व्यास अवतरण कार्यक्रमको आयोजना गरिएको छ । । व्यास नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रम हायोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सभा सदस्य सरीता गुरुङ हुनुहुन्थ्इो । उहाँले व्यासको महिमा स्वदेशमात्रै नभई विदेशमा समेत भएकोले व्यासको वान्दिा भन्दा गर्व लाग्ने बताउनुभएको थियो । साथै वहाँले स्वदेश तथा विदेशमा व्यासको बासिन्दा भन्दा पाईने स्वागत तथा सत्कारले मन प्रफुल्ल हुने बताउनुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले व्यास क्षेत्र र समग्र व्यास नगरलाई पर्यटकीय स्थल बनाउन प्राथमिकता दिएर नगरपालिका अगाडि बढेको बताउनुभएको थियो ।
व्यासको १०८ फिटको मूर्ति, मादी नदीमा ताल निर्माण, मादी नदीमाथी व्यास झुला निर्माण लगायतका कार्यहरु अगाडि बढाईएकोले यो क्षेत्र चाडैनै मानिसलाई लोभ्याउने षेत्र बन्ने उहाँले बताउनुभएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका सचिव विश्व वास्तोला , व्यासका अध्येता काशीनाथ न्यौपाने, शान्तिस्वरुपानन्द दामोदर बाबा, समाजसेवी एवं शिक्ष्षविद् प्रेमप्रकाश भट्टराई लगायतका महानुभावहरुले बोल्नुभएको थियो ।








