भिमाद, ऋषिङ्ग घिरिङ्ग जोड्ने अवरुद्ध सडक खुलाईदै

  • ख-
  • ख+

असार २४ गते गएको पहिरोले अवरुद्ध भएको ऋग पथ अवरुद्ध भएको छ । भिमाद , ऋषिङ्ग र घिरिङ्ग जोड्ने उक्त सडक ऋषिङ्ग गाउँपालिका अजम्मरी सल्लाघारी वडा न ८ मा अबरुद्ध भएपछि उक्त क्षेत्रका मानिसहरुलाई अागमनमा असुविधा भएको छ ।
सडक अवरुद्घ भई सर्वसाधारणलाई अावगमनमा बाधा पुगेपश्चात प्रदेश सरकार र ऋषिङ्ग गाउँपालिकाको अग्रसरतामा बाटो खोल्ने काम भईरहेको छ । चट्टान फोडेर बाटो बनाउन लागिएकोले यातायात संचालन हुन ३,४ दिन लाग्न सक्ने उक्त कार्यमा खटिरहनु भएका ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताउनु भएको छ । (सुरज श्रेष्ठको सहयोगमा तयार पारिएको ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?