ने. रे. सो. दुम्सिकोट उपशाखाको संयोजन तथा निडा को सहयोगमा अपांग परिवारलाई सहयोग

  • ख-
  • ख+

तनहूँ । नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाको संयोजन तथा निडा को सहयोगमा ब्यास नगरपालिका वडा १,२,३,४,५,६,,१०,र रिसिङ १ रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ। निडाको सिफारिसमा प्रति अपांगता भएका व्यक्तिलाई १बोरा चामल,२र२ केजी दाल, चिनी, तेल,नुन, ४ वटा साबुन, चियापत्ति,मसला गरी करिब २५०० बराबरको खाद्यान्न प्याकेज वितरण गरेको छ। ७५ अपांगता भएका व्यक्तिको परिवारलाई घरमै गएर उक्त सहयोग गरीएको थियो।
व्यास नगरपालिका वडा नं १० बस्ने एकमात्र कुसुन्डा इन्द्रकला कुसुन्डालाई उक्त सामाग्री हस्तानतरण गरी सो वितरण कार्यक्रम सुभारम्भ गरीएको थियो। उक्त कार्यक्रममा बिशेष समय मिलाई उपस्थित हुनुहुने नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य प्रदिप घिमिरे,तनहूँ जिल्ला सभापती कृष्ण हरि वाग्ले, युवा समाजसेवी युनेस्को क्लबका अध्यक्ष आनन्द राज त्रिपाठी, व्यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटा, निडा केन्द्रिय सदस्य सोम माया थापा, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष वृषराजश्रेष्ठ लगाएत उपशाखा कार्यसमितिका सबै ब्यक्तित्वहरुलाई यस उपशाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रममा उपस्थित सबैले उपशाखाको मानविय सेवाको प्रशंशा गर्दै सहयोगी संस्था निडालाई धन्यबाद दिनुभएको थियो।
उक्त कार्यक्रममा बिशेष संयोजनकोको भूमिका गर्नुहुने पत्रकार अमरराज नहर्की र श्रीकृष्ण आचार्य प्रति दुम्सीकोट उपशाखा परिवारले हार्दिक कृतज्ञता जाहेर गरेको छ। सहयोगको प्रखाईमा बसेका व्यक्तिहरूको सहयोगमा यस उपशाखा उनीहरूकै घरदैलोमा गएर सहयोग गर्न पाउँदा रेडक्रसको जिम्मेवारी पूरा गरेको महशुस भएको उपशाखा सभापती राम दत्त पौडेल बताउनु हुन्छ। उपशाखा सदा सहयोगको पर्खाईमा व्यक्तिहरु सेवाका लागि आगामी दिनमा ल्याउने छ भन्दै पुनः यस कार्यक्रमलाई सहयोग गर्नुहुने निडाप्रति हामि अत्यन्तै आभारी व्यक्त गर्नुभएको छ।। हालसम्म यस उपशाखाको संयोजन तथा नीडाको सहयोगमा अपाङ्ग भएका ७५ परिवारलाई खाद्यान्न सहयोग गरिसकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?