पोखरा । गण्डकी प्रदेशमा प्रबेश गर्नु हुने अतिथिहरूलाई स्वागतका लागि राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटि द्वारा स्वागत होर्डिगं बोर्ड प्रदेशको पुर्वी नाका मुग्लिङ पुलको पोखरा तर्फ आउने सडक पेटीमाथि आज एक कार्यक्रमका बिच राखिएको छ। राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष एबम केन्द्रिय सचीव महेन्द्र गुरुङ को अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख अतिथि युवा संघ का पुर्ब अध्यक्ष एबम गण्डकी प्रदेश साम्सद माननियि राजिव पहारी रहनु भएको थियो । अन्य अतिथिहरुमा संघका प्रदेश सह ईन्चार्ज क. गोविन्द बस्नेत,उपाध्यक्ष क. खिलु राना लगायत स्थायी कमिटि सदस्य ,सचिवालय तथा केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम बोल्दै प्रमुख अतिथि पाहारीले गरिबको छाती माथी लात हान्ने यो परमादेशको सरकार विरुद्ध फेरि एकपटक तमाम युबा सडकमा उत्रने बेला आएको बताउनुभयो । सरकारले एकपछि अर्को जनबिरोधी काम गर्दै गएमा युब संघ चुप लगेर नबस्ने चेतावनी समेत दिनु भयो। कार्यक्रमको समापन गर्दै अध्यक्ष गुरुङले जनबिरोधि काम गर्ने सरकारको विरुद्ध आन्दोलनको लागि तयार रहन सम्पूर्ण युबा संघका साथीहरूलाई आग्रह समेत गर्नु भयो । भर्खरै मात्र देउवा सरकार ले खारेजी गरेको सुकुम्बासी आयोग तत्काल सच्याउन माग समेत गरेको छ ।कार्यक्रममा तनहुं,गोर्खा,लमजुङ र कास्कीका युवाहरु को बाक्लो उपस्थिति रहेको थियो ।








