तनहूँ । व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम पौडेलले नेपाल पत्रकार महासंघ तनहूँ शाखाको पत्रकार कल्याणकारी कोषमा ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
पौडेलले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेमार्फत सहयोग हस्तान्तरण गर्नुभएको हो । पौडेलले संचार क्षेत्रको विकासमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो । कल्याणकारी कोषमा रकम सहयोग गर्नुभएको महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेलेले अभार ब्यक्त गर्नुभयो ।
शिक्षा क्षेत्रमा लामो समय देखि अध्यापनरत पौडेलले यस अघि पनि जिल्लामा बिभिन्न समाजिक कामहरुमा सहयोग गर्दै आउनु भएको थियो ।








