सांसद श्रेष्ठको कामको तनहूँवासीले उच्च मुल्यांकन गरेको तनहूँगेंहरुको भेलाको ठहर

  • ख-
  • ख+

काठमाण्डौ । तनहूँ जिल्लाबाट केन्द्रम प्रतिनिधित्व गर्ने तनहूँ जिल्ला क्षेत्र नंं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आउदाँ दिनमा जिल्लामा कसरी अगाडि बढ्ने र जिल्लाको बिकासको लागि के गर्ने भन्ने बारे सल्लाह गर्न आफ्नो निवास महाराजगंजमा भेटघाट कार्यक्रमको आयोजना गर्नुभएको छ । उक्त कार्यक्रममा नेकपा एककिृत समाजवादीका केन्द्रिय सदस्य पि एल् श्रेष्ठ, सांसद कलिला खान लगायत तनहूँ जिल्लाबाट काठमाण्डौ गई विभिन पेशामा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा सांसद श्रेष्ठले जिल्लाको विकासको लागि सबै जना दत्तचित्त भएर लाग्नुपर्ने र दुई तिहाई नजिकको भएपनि के पि ओली सरकारले तनहूँवासीको लागि उपलब्धि मुलक बिकास निर्माणका केहि काम नदिएकोले अब नेकपा एककिृत समाजवादी सहितको गठबन्धनको सरकारले धेरै जनतालाई अवसर दिने बताउनुभएको थियो । उक्त अवसरमा सहभागीहरुले तनहूँवासीले बिकास निर्माणको सवालमा लाग्नुभएका सांसद श्रेष्ठलाई आँउदा दिनमा पनि तनहूँवासीको साथ रहने विश्वास व्यक्त गर्नुभएको थियो साथै हुने विरुवाको चिल्लो पात भने झैं केपी ओली सरकारको उल्लेख्य सहयोग नहुदाँहुदै पनि सांसद श्रेष्ठले जनताको लागि काम गरेकोले जनताले त्यस्को उच्च मुल्यांकन गथरेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?