रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्ना बस्दै

  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् ।

विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको काभ्रे जिल्ला सभापित मधु आचार्यले जानकारी दिए ।
यसअघि जिल्ला सभापतिहरुले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनु पर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।

समय सीमाभित्र माग सम्बोधन नभएपछि आजदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापतिहरु धर्ना बस्न लागेका हुन् ।

यसअघि पनि क्रियाशील सदस्यता विवादका कारण नेता, कार्यकर्ताहरु धर्नामा बस्दै आएका थिए । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?