सिन्धुपाल्चोकमा बस दुर्घटनाः २ को मृत्यु, ४१ घाइते

  • ख-
  • ख+

सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो।

घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बस ओरालो बाटोको मोडमा आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४० / ४५ वर्षको पुरूष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरूष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए। (रासस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?