नेता अर्थात कलंकित पात्र

  • ख-
  • ख+

त्रिभुवन श्रेष्ठ

राजनिती बिसंगत र विकृत भो
उछृंखलता हावी भो
निती विधी प्रकृया भाँडमा गो
अनुसाशनहिनता बढ्दो भो ।

आसेपासे हुर्हुरीमा रमाउने भो
वरिपरि नाँचिरहने अन्धभक्त हो
चास्नि पाउन्जेल मात्र लुटुपुटु भो
दिर्घकालिन हैन बिकाउमा टिकाउ भो ।

नेता नेतृत्व घृणयोग्य पात्र भो
शिर्षस्थ नेता भनाउदा पदलोलुप भो
नेपाली ईतिहासमा नेता कलंकको पात्र भो
जनपरिक्षणमा शर्मनाक हार हुने निश्चित भो ।

राजनिती हुने खानेले गर्ने खेल भो
गरिबका लागि आकाशको फल भो
नेताहरु अस्थिरता खेलाडी मात्र भो
राजनितीले दिशानिर्देश नगर्ने निश्चित भो ।

मिठो शब्दजाल र आर्दश शब्दजालका खेति भो
जनता जनार्दन नालायक भर्यागंमात्र भो
राष्ट राष्टियता भड्खालोमा धकेलदो भो
समृद्ध नेपाल सुखी नेपाली जनसपना मात्र भो ।


(दमौली , तनहूँ )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्