नेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानित

  • ख-
  • ख+

काठमाडौ । नेपाल चेम्बर अफ कमर्शकी कार्यकारिणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारी र नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारलाई नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले सम्मान प्रकट गरेका छन् । शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले माला लगाई बधाई दिदै सम्मान गरेका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सल्लाहकार ताम्राकार बागमती प्रदेश सरकारबाट बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य र कार्यकारिणी सदस्य एवम् महासचिव अधिकारी मनमोहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनयनमा पर्न सफल भएकोमा द्वयको सम्मानमा चेम्बर एवम् महिला चेम्बरले कार्यक्रम राखेको हो ।

सो अवसरमा चेम्बर अध्यक्ष मल्ल र महिला चेम्बर अध्यक्ष श्रेष्ठले अधिकारी र ताम्राकारको सफल कार्यकालको कामना सहित बधाई एवम् शुभकामना व्यक्त गर्दै उनीहरुको सफलताले आफुहरु खुशी र गौरव महशुश भएको धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्