जनतालाई बचत गर्ने बानी बसाउने उद्देश्यले बैंक खाता खोल्ने अभियान चलाउदै सांग्रिला बैक

  • ख-
  • ख+

तनहूँ । सांग्रिला डेभलपमेन्ट बैक दुलेगौँडा शाखाले शनिवार वित्तिय साक्षरताको लागि घर दैलो अभियान सञ्चालन गरेको छ।

बैकको केन्द्रीय कार्यक्रम अन्र्तगत आज स्थानियको घर घरमा पुगेर आफ्नो सेवाको बारेमा जानकारी गराउनका साथै खाता खोल्ने समेत कार्य गरेको बैकका शाखा प्रमुख दिबाकर भण्डारीले जानकारी दिनुभएको छ ।

शुक्लागण्डकी नगरपालीका अन्र्तगत वडा नम्बर ३ र ८ का विभिन्न स्थानमा पुगेर करिव १ सय भन्दा बढि स्थानियहरुलाई बैकिङ सेवा सम्बन्धि जानकारी गराईएको थियो ।

त्यस क्रममा १६ जना नयाँ ग्राहकको खाता खोल्नुको साथै एटिम, मोवाईल बैकिङ्ग लगायतका सेवाको लागि फाराम समेत भरिएको थियो ।

बैकले वित्तिय साक्षरता कार्यक्रम मार्फत खाता कसरी खोल्ने , चेक कसरी काट्ने , पैसा जम्मा कसरी गर्ने लगायत बैकका अन्य थुप्रै सेवा सुविधाको बारेमा जानकारी गराइएको थियो ।

वित्तिय सेवाका माध्यमबाट सामाजिक उत्तरदायित्य बहन गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैकले घर दैलो कार्यक्रमको क्रममा कोभिडबाट बच्नका लागि अपनाईले स्वास्थ्य सुरक्षाका मापदण्डका विषमा तथा बैकमा कारोवार गर्दा अपनाउनु पर्ने सजकताको बारेमा समेत जानकारी गराइएको थियो ।

बैंकले देशभर छरिएर रहेका ९७ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा, बचततर्फ आकर्षक ब्याज, रेमिट्यान्स सुविधा, माबवाइल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?