तनहूँ । समाजसेवी तथा लायन्स क्लब अफ् म्याग्देका २०२१।२२ का अध्यक्ष सुरेन्द्र अधिकारी म्याग्दे गाउँपालिका वडा नं. ३ स्थित धँयरेमा रहेको उज्यालो बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको अध्यक्ष चयन हुनुभएको छ । संस्थाको सातौ साधारण सभा तथा अधिवेशनबाट अधिकारी सर्वसम्मत चयन हुनुभएको हो । अधिकारीले संस्था समाजमा परेको बेला सबैलाई सहयोग गर्दे अगाडि बढेको आउदा दिनहरुमा पनि नाम जस्तै उज्यालो काम गर्दै सेवा गरिरहने बताउनुभएको थियो ।
अधिवेशनबाट अधिकारी सहित ९ सदस्यिय कार्य समिति गठन गरिएको छ ।








