आहा ! जिन्दगी

  • ख-
  • ख+

हामी के खोज्छौँ ?
सधैभरि जिन्दगीका परिभाषाहरू
जिन्दगी आफैंमा सुसज्जित छ
सबैले विचार गरी हेरौँ त ।
हरपल
जिन्दगीका निश्चल ढुकढुकीहरूमा खोजौँ
आफ्नै जीवनका यथार्थ जहाँ भेट्छौँ
जिन्दगीको अस्तित्व
त्यहाँ बुझ्छौ जिन्दगीको परिभाषा
जिवन कति मधुर छ
जिवन कति सुन्दर छ‌‌।
अनि हामी आफैँ थाहा पाउँछौ

आहा !
यो जिन्दगीको पथमा
सधैं हिडिरहुँ जस्तो लाग्छ
जिन्दगीमा एक लक्ष्य बोकी
बाँचिरहुँ जस्तो लाग्छ
आफूले आफैलाई भाग्यमानी ठानी
नाचिरहुँ जस्तो लाग्छ,
नाचिरहुँ जस्तो लाग्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्