तिमी छैनौ आमा

  • ख-
  • ख+

सुस्मिता श्रेष्ठ । तिमी छैनौ आमा आकाशको जुन जलेको देख्छु,
पानीमा आगो बलेको देख्छु,
आमा मेरो वसन्तका फुलहरु फुल्दैनन् आजकल,
अलछिनी आँधी चलेको देख्छु।

तिमी छैनौ आमा ब्रम्हाण्ड सारा अधेरो देख्छु ,
सपनीमा तिमी लौरो टेकेर फर्केको देख्छु,
आमा मानी हरेक साँझ हाम्रो आँगन आई पुक्ने बुढो जुन,
एक साँझ कहिल्यै नर्फकने गरी बिदा मागेर गयौ।

थोत्रो त्यो चोली पटुकी सम्झे,गोरेटो गाउँको पधेरी सम्झे,
सुकिलो मनलाई सिसैले काटो आमाको दुख हजार सम्झे ,
धरर्ती उचाली हिड्न सिकायौ पोखी पसिना बाँच्न सिकायौ ,
हुरीमा छु म फुलको थुङगो दशधारा दुध चुसेको सम्झे ।

आफ्नाले हेला गरेको सम्झे पराईले खेदो खनेको सम्झे,
सन्तानले थापे मायाको पासो आमाले आशु पुछेको सम्झे,
तिमी छैनौ आमा आकाशको जुन जलेको देख्छु,
पानीमा आगो बलेको देख्छु,
आमा मेरो वसन्तका फुलहरु फुल्दैनन् आजकल,
अलछिनी आधी चलेको देख्छु।

तिमी छैनौ आमा आकाशको जुन जलेको देख्छु,
पानीमा आगो बलेको देख्छु,
आमा मेरो वसन्तका फुलहरु फुल्दैनन् आजकल,
अलछिनी आँधी चलेको देख्छु।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्